७ कार्तिक २०८१, बुधबार

प्राधिकरणले नारायणहिटी दरबारमा रहेको महेन्द्र मञ्जिलको लाइन काट्यो


Narayanhiti-Palace-Museum

काठमाडौं, भदौ ५ – लामो समयदेखि महसुल नतिर्ने ठूला ग्राहको लाइन काट्न थालेको नेपाल विद्युत प्राधिकरणले आइतबार नारायणहिटी दरबारमा रहेको महेन्द्र मञ्जिलको लाइन काटेको छ । महेन्द्र मञ्जिलमा पूर्व मुमा बडामारानी रत्न बस्दै आउनुभएको छ ।

महेन्द्र मञ्जिलले झण्डै ३७ लाख रुपैयाँ महसुल तिर्न बाँकी रहेको प्राधिकरणले जनाएको छ । गणतन्त्र स्थापना पछि पूर्व राजा ज्ञानेन्द्र शाहले नारायणहिटी दरबार छाडे पनि रत्न भने नारायणहिटीमा रहेको महेन्द्र मञ्जिलमा बस्दै आउनु भएको छ । शनिबार मात्र ८९ औं जन्मदिन मनाएकी रत्नले महेन्द्र मञ्जिल छाड्न नचाहे पछि सरकारले उहाँलाई जीवन भर महेन्द्र मञ्जिलमा बस्न अनुमति दिएको थियो ।

नारायणहिटीलाई भने संग्रहालय बनाइएको छ । संग्रहालले नियमति रुपमा विद्युत महसुल तिर्दै आए पनि गणतन्त्रस्थापा पछि महेन्द्र मञ्जिलको भने महसुल तिरिएको छैन । उर्जा मन्त्री जनार्दन शर्माले महसुल नतिर्ने ठूला ग्राहकको लाइन ३ दिनभित्र काट्न ४ दिनअघि निर्देशन दिनुभएको थियो । त्यो निर्देशनपछि प्राधिकरणले महसुल नतिर्ने ग्राहकको लाइन काट्न थालेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !