७ मंसिर २०८१, शुक्रबार

घुस लिँदै थोत्रा गाडीलाई अनुमति दिँदै


झापा, ५ भदौ –सञ्चालनमा ल्याउनै नमिल्ने र दुर्घटनाको उच्च जोखिममा रहेका निकै पुराना सार्वजनिक सवारीसाधनलाई घुस लिएर सञ्चालन अनुमति दिन गरिएको पाइएको छ । आजको राजधानी दैनिकमा खबर छापिएको छ ।

सर्वसाधारणको जीवन नै जाखिममा परे पनि यातायात व्यवस्था कार्यालयका कमचारीले लाखौं रुपयाँ घुस लिएर अर्को अञ्चलमा सञ्चालन हुने गरी सवारी सञ्चालन अनुमति दिने गरेको तथ्य फेला परेको हो ।

यातायात कार्यालयले भmापा र इलामका विभिन्न रुटमा सञ्चालन हुने साना तथा ठूला सार्वजनिक सवारीसाधनसँग लाखांै रुपैयाँ असुलेर जाँचपास इजाजत दिएको प्रमाण फेला परेको छ ।
बिर्तामोडबाट खुदुनाबारी, इलाम, गोलधाप, राजगढ डाँगीबारी, चन्द्रगढी र चारआली क्षत्रमा े सञ्चालन हुने दर्जनौं पुराना र यात्रु बोक्नै नमिल्ने सवारीसाधनलाई यातायातका कर्मचारीले घुस लिएर जाँचपास दिएका हुन् ।

अति पुराना र यात्रु बोकेर सञ्चालन गर्नै नमिल्ने सवारीसाधनलाई जाँचपास गरी सञ्चालनको इजाजत दिँदा नागरिकको यात्रा जोखिममा रहेको स्वयं यातायात व्यवसायी र टाफिक प्रहरीले स्वीकार गर्छन् ।

‘जाँचपास भनेकै यात्रु बोक्ने सवारीसाधनको अवस्था कस्तो छ भनेर बुझ्ने र सञ्चालनको अनुमति पत्र हो । हामीले यस्ता सवारीसाधन सञ्चालन हुन नदिन जाँचपास दिएका छैनौं । तर, उनीहरूले कोसी र अन्य अञ्चलको जाँचपास देखाइरहेका छन्,’ यातायात व्यवस्था कार्यालय मेचीका प्रमुख जर्नादन भट्टराईले भने, ‘यो कानुनविपरीत कार्य हो, यसो गर्न मिल्दै–मिल्दैन, तर हामीले मात्रै कडाइ गरेर के गर्ने ? जाँचपास अन्तैबाट ल्याएपछि ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !