७ बैशाख २०८१, शुक्रबार

काठमाण्डौको फोहोर थुपार्ने ल्यान्ड फिल साइड, सिस्डोल र यहाँको नाजुक अवस्था


dumping-side-kathmandu

काठमाण्डौ शहरको फोहोर तह लगाउन पहिले चोभारलाई ल्यान्ड फिल साइटको रुपमा प्रयोग गरिन्थ्यो । बिगत केहि बर्ष देखी काठ्माण्डौबाट पश्चिममा अवस्थित नुवाकोटको ओखर पौवा गा .बि .स .मा अबस्थित सिस्डोलमा काठमाण्डौ महानगर पालिकाबाट निस्कने फोहोरलाई तह लगाइदै आइएको छ ।

उक्त स्थानमा समाचार संकलनको लागी जादा त्यहाँको अवस्था सन्तोष जनक नरहेको पाइयो । उक्त स्थानमा ल्यान्ड फिल साइट निर्माण गर्नु अघी त्यहाँको जनताहरुलाई उक्त स्थान तत्काल बिकसित हुने भनि तत्कालिन सरकारले दिएको बचन अझै सम्म ओझेलमा परेको छ । उक्त स्थानमा दैनिक ७०० मेट्रीक टन फोहोर काठमाण्डौबाट लागिन्छ ।

हामिले त्यहाँको बिकास र बर्तमान अवस्थाबारे त्यहाँका स्थानिय बासिन्दा, दिवस श्रेष्ठ लाई सोध्दा उनि भन्छन

“तपाइ आफै पनि देख्न सक्नु हुन्छ बिकासको गती कस्तो छ यहाँ भनेर, बाटोको स्थिती हेर्नुस, जहाँत्यही खल्टा खुल्टी छ्न ,खानेपानी र  बिद्यालय को अवस्था पनि नाजुकनै छ र बिकासको कुरा गर्ने हो भने खासै ठोस उपलब्धी यहाँ केहि भएको छैन ।”

त्यस्तै स्वास्थ्य चौकीको अव्स्थाको बारे प्रश्न गर्दा उनि भन्छन , “यहाँ राम्रो स्वास्थ्य केन्द्र पनि छैन र औषधीको राम्रो ब्यवस्था पनि छैन ।”

dumping-side

बिनियोजन हुने बजेट बारे उनि भन्छन , “हुनत एक हिसाबमा राज्यको स्रोतहरु खर्च नभएको पनि होइन, खर्च भएको छ तर अलि अस्तब्यस्त छ। दिर्घ कालिन योजना छैन, सानो सानो उपभोक्त समुह बनाउने र बजेट खेर जाने भइरहेको छ । फोहोरको सही तरिकाले ब्यवस्थापन गरिएको छैन ।

कयौ पैसा फोहोरमा खर्छ भइरहेको छ । दुर्गन्ध तेतिकै छ , फोहोरमा छर्नु पर्ने औषधी छरिएको छैन । राज्यले यो ल्यान्ड फिललाई दक्ष्रीण एसियाकै नमुना ल्यान्ड फिल साइट बनाउने आस्वासन दिएपनि अवस्था नाजुकनै छ, खाली फोहोर ल्याउने र थुपार्ने काम मात्र भइरहेको छ्, र माटोले समेत फोहोरलाई राम्ररी पुर्ने काम भएको छैन । ”

fohor

त्यस्तै उनको अनुसार यहाँ यातायातको पनि सुबिधा नभएको र बजार जानु पर्दा फोहोरको गाडी चढेर जानु पर्ने बाध्यता रहेको बताए । साथै ल्यान्ड फिल साइट राखिए पनि यहाँका बासिन्दाले बिकासको अनुभुती पटक्कै गर्न नपाएको तितो यथार्थ उनले ब्यक्त गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !