२ कार्तिक २०८१, शुक्रबार

पार्कसँगै दृश्यावलोकन स्तम्भको निर्माण


Nepalpatra

७ पुस, दुल्लु । दैलेखको पश्चिम क्षेत्रमा पर्ने चामुण्डा विन्द्रासैनी नगरपालिकाले नगर पार्क निर्माण गर्ने भएको छ । नगरपालिका–६ को बत्काचौरमा रहेको नगर पार्कलाई थप आर्कषण बनाउन दृश्यावलोकन स्तम्भ निर्माण गरिने भएको छ ।

हाल दृश्यावलोकनको लागि डिजाइन तयार भइसकेको चामुण्डाविन्द्रासैनी नगरपालिका प्राविधिक प्रमुख प्रकाश विक्रम शाहीले जानकारी दिनुभयो । पार्कलाई सुरक्षित बनाउन घेराबार गर्ने काम दु्रत गतिमा भइरहेको प्राविधिक प्रमुख शाहीले बताउनुभयो ।

नगरपार्कभित्र बन्ने संरचना नेपाली वास्तुकलामा आधारित हुनेछन् । चामुण्डाविन्द्रासैनी नगरपालिका–६ को बत्काचौरमा करीब १० हेक्टर जमीनलाई घेरबार गरी पार्क बन्न लागेको चामुण्डाविन्द्रासैनी नगरपालिकाका प्रमुख सूर्यबहादुर शाहीले बताउनुभयो ।

उक्त पार्कलाई विभिन्न संरचना निर्माण हुनेछन् । जसमध्ये‘ दृश्यावलोकनर’ ‘मनोरञ्जन क्षेत्र’ ‘संस्थागत क्षेत्र’ ‘धार्मिक क्षेत्र’ बनाइनेछ । यस क्षेत्रमा विभिन्न प्रजातिका फूल तथा बोटबिरुवाको बगैँचा, वनभोज स्थलका साथै मृगस्थली पनि रहनेछन् ।

यस क्षेत्रमा हालै जनसहयोगबाट निर्मित भगवती मन्दिर वरिपरि क्षेत्रको थप विकासको लागि सामुदायिक कार्य सञ्चालन गरिने छ । पार्कको थालनी गत आर्थिक वर्षबाट शुरु गरिएको छ । आव २०७४÷७५ मा करीब ९०० मिटरमा घेरबार गर्ने काम सम्पन्न भएको छ ।

गत आर्थिक वर्ष घेरवारका लागि नगरपालिकाले रु ४० लाख बजेट विनियोजित गरेको थियो । चालु आर्थिक वर्षमा रु ३५ लाख बजेट विनियोजित गरेर बोलपत्र आह्वान प्रक्रिया शुरु भएको नगरपालिकाले जनाएको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !