८ मंसिर २०८१, शनिबार

महानगरपालिकाले आवश्यक कर्मचारी अझै टुङ्गो लगाएन


lalitpur 4

२८ मङ्सिर, ललितपुर । ललितपुर महानगरपालिकाले आफूलाई कति कर्मचारी आवश्यक पर्छ भन्ने निर्णय अझै गर्न सकेको छैन । कर्मचारीको संरचना बन्न नसक्दा यहाँ कति कर्मचारी चाहिने भन्ने टुङ्गो लाग्न नसकेको हो । उपमहानगरपालिकाका कर्मचारी र अहिले जिल्लाका विषयगत कार्यालयबाट आएका कर्मचारी कार्यरत छन् ।

नेपाल सरकारका कर्मचारी समायोजन नभएकाले महानगरलाई कति कर्मचारी आवश्यक पर्छ भनेर तय हुन नसकेको प्रवक्ता राजु महर्जनले बताउनुभयो । जिल्लाका विषयगत कार्यालयले गर्ने कामसँगै त्यहाँ कार्यरत कर्मचारी महानगरपालिकामा काजमा आएका छन् । उहाँले भन्नुभयो, “ती सबै कर्मचारी यहाँ आवश्यक छन्÷छैनन् वा त्योभन्दा बढी चाहिन्छ भन्ने त्यसपछि नै टुङ्गो लाग्नेछ ।”

महानगरपालिकामा विषयगत कार्यालयका कर्मचारी आए पनि ती भवन र भौतिक सम्पत्तिको स्वामित्व भने अझै आएको छैन । उपमहानगरपालिका हुँदाको भवन अहिले अपर्याप्त हुँदा सेवाग्राही र कर्मचारी दुवै हैरान छन् । यहाँ भएका भवन कसले पाउने टुङ्गो लागे महानगरपालिकालाई सहज जानकारी दिँदै प्रवक्ता महर्जनले भन्नुभयो, “कर्मचारीले काम गर्न कोठा, टेबुल कुर्सी नै पाएका छैनन् भने यसको असर सेवाग्रहीलाई पनि परेको छ ।”

विषयगत कार्यालयका धेरै कर्मचारी आउन चाहे पनि व्यवस्थापन गर्न नसकेकाले लिन नसकिएको महानगरपालिकाले जनाएको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !