११ आश्विन २०८१, शुक्रबार

कम्तीमा २२ अफगानी प्रहरी मारिए


सात प्रहरी अधिकारीको मृत्यु

१० मङ्सिर, हेरात, अफगानिस्तान । पश्चिमी अफगानिस्तानमा तालिबान विद्रोही लडाकू समूहले राखेको विद्युतीय धरापमा कम्तीमा २२ जना अफगानी प्रहरीको मृत्यु भएको छ ।

फराह प्रान्तमा आइतबार प्रहरी चढेको सवारीसाधनमा आक्रमण हुँदा कम्तीमा दुईजना प्रहरी अधिकृत घाइते भएको प्रान्तीय राजधानीको सरकारी अस्पतालका निर्देशक शिर अहमद वेदाले बताउनुभयो ।

तालिबानले दुवै आक्रमणको जिम्मेवारी लिएको छ । तालिबानले २५ जना प्रहरी मारिएको र चारजना घाइते भएको दाबी गरेको छ ।

तालिबानका प्रवक्ता क्वारी युसुफ अहमादीले चारवटा सवारीसाधन ध्वस्त भएको र ठूलो परिमाणमा हातहतियार जफत गरिएको बताउनुभयो ।

हालैका महिनाहरुमा तालिबानले सरकारी फौजमाथि आक्रमण तिब्र बनाएका छन् । तालिबानसँग शान्तिवार्ता गर्ने प्रयत्न भइरहे पनि आक्रमणका सिलसिला रोकिएका छैनन् । (रासस/एएफपी)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !