२ कार्तिक २०८१, शुक्रबार

संस्कृति संरक्षण गर्न देउसीभैलो


deusii

२१ कात्तिक, पोखरा । प्राचीन संस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ भरतपोखरी विकास मञ्चले पोखरा महानगरपालिका–३३ मा आज देउसीभैलो प्रतियोगिता आयोजना गरेको छ ।

तिहार पर्वमा प्रचलित प्राचीन संस्कृतिअन्तर्गत देउसीभैलोको मौलिकता आधुनिकताका कारण सङ्कटमा परेकाले प्रतियोगिता आयोजना गरिएको भरतपोखरी विकास मञ्चका अध्यक्ष डिल्लीराम बरालले बताउनुभयो । प्रतियोगितामा तोरीचौर आमा समूह प्रथम, वडास्तरीय कृषि सञ्जाल द्वितीय र सरस्वती सामुदायिक आमा समूह तृतीय भए । शिशुकल्याण माविको समूह र भैरवनाथ पञ्चेबाजा समूहले सान्त्वना तथा उत्कृष्ट भेषभुषा र नृत्यमा क्रमशः वडास्तरीय कृषि सञ्जाल र तोरीचौर आमा समूह विजयी भए ।

कार्यक्रममा पोखरा महानगरपलिका–३३ का अध्यक्ष शिवप्रसाद आचार्य, मञ्चका महासचिव गणेशप्रसाद ढकाल, कार्यक्रम संयोजक चेतबहादुर महत, वडा सदस्य दीपक लामिछाने, मञ्चका सल्लाहकार केशरप्रसाद निर्दोर्षी, सरस्वती टीका बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष पीताम्बर पौडेल, पोखरेली युवा सांस्कृतिक परिवारका सचिव अर्जुन अधिकारी, युनियन लाइफइन्स्योरेन्स गण्डकी प्रदेशका संयोजक टुल्कनाथ आचार्यलगायतले देउसीभैलोको संस्कृति र मौलिकताका धारणा राख्नुभएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !