६ जेष्ठ २०८१, आइतबार

तुलाधरको योगदान सदा स्मरणीय हुन्छः प्रम


Kp Oli

१८ कात्तिक, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ वामपन्थी नेता पद्मरत्न तुलाधरले मुलुकका लागि पु¥याउनुभएको योगदान सदा स्मरणीय रहने बताउनुभएको छ ।

प्रधानमन्त्रीले आज सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै तुलाधरको निधन भएको खबर सुन्दा आफूलाई अत्यन्तै दुःख लागेको बताउनुभयो । प्रधानमन्त्रीले दिवङ्गत तुलाधरप्रति श्रद्धाञ्जलि अर्पण गर्दै परिवार र आफन्तजनमा समवेदनासमेत व्यक्त गर्नुभएको छ । मानवाधिकारवादी, लेखक तथा वरिष्ठ वामपन्थी नेता तुलाधरको आज अपराह्न ७८ वर्षका उमेरमा निधन भएको हो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !