३० कार्तिक २०८१, शुक्रबार

फेवातालमा डुङ्गा पल्टिँदा दुई जना बेपत्ता, खोजी जारी


fewa taal

काठमाडौँ : पोखराको फेवातालमा सोमबार साँझ एउटा डुङ्गा पल्टिँदा दुई जना बेपत्ता भएका छन्। डुङ्गामा ८ जना सवार थिए।

उद्दारमा खटिएका एक प्रहरीका अनुसार उद्दार कार्य जारी छ। डुङ्गा पल्टिए लगत्तै ६ जनाको उद्दार गरिएको थियो। उनीहरुको उपचार भइरहेको छ।

डुङ्गामा सवार यात्रुको परिचय खुलिसकेको छैन। उनीहरु काठमाडौँबाट पोखरा घुम्न आएको हुनसक्ने अनुमान गरिएको छ। (प्रतीकात्मक फोटो)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !