६ फाल्गुन २०८१, मंगलबार

गाउँमै नागरिकता पाउँदाको खुशी…


Citizenship

१८ कात्तिक, रुकुम पूर्व । भूमे गाउँपालिका– ६ धरमशालाकी ज्येष्ठ नागरिक जुनसरा रोका ७३ वर्षका उमेरमा नागरिकता पाएपछि खुशी हुनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “डाँडामाथिको घाम जस्तो भएको यो उमेरमा आएर नागरकिता पाउँछु, भन्ने त सोचेकै थिइन । आशै मरिसकेको थियो । नागरिकता नभएकै कारण सामाजिक सुरक्षा भत्ता पाएको थिइन । खुशी लागेको छ ।”

सजिलै हिँडडुल गर्न तथा सदरमुकामसम्म पुग्न गाह्रो भएको अवस्थामा नागरिकता घुम्ती शिविरबाट गाउँमै नागरिकता पाएका अपाङ्गता भएका व्यक्ति सूर्य बुढाले पनि खुशी व्यक्त गर्नुभयो ।

भूमे गाउँपालिका– ६ धरमशालामा नागरिकता वितरणसम्बन्धी एकदिने घुम्तीसेवा शिविर सञ्चालन गरिएको थियो । शिविरमार्फत त्यस ठाउँका ३५ जनाले नागरिकता लिएको प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले जानकारी दिनुभयो, जसमा महिला २४ पुरुष ११ रहेका छन् ।

गाउँपालिका अध्यक्ष रामसुर बुढा मगरले विकट बस्तीबाट सदरमुकाम पुग्न कम्तीमा पनि चार दिन हिँड्नुपर्ने अवस्थामा नागरिकताबाट नागरिक वञ्चित नहोऊन् भन्नाका लागि शिविरले काम गरेको बताउनुभयो ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !