४ असार २०८१, सोमबार

‘आखिर केको लागि ?’ लोकार्पित


Nepalpatra

१८ कात्तिक, काठमाडौँ । गीतकार रवीन बान्तवा खाहोङ राईद्वारा लिखित तथा सङ्गीतकार डा. शरद सिन्हाद्वारा सङ्गीतबद्ध गीतको एल्बम ‘आखिर केको लागि ?’ शनिबार लोकार्पण गरिएको छ । कार्यक्रममा वरिष्ठ सङ्गीत साधक तथा गायक प्रेमध्वज प्रधानले एल्बम लोकार्पण गर्दै शब्द, सङ्गीत र गायन सबै दृष्टिकोणबाट कृति उत्कृष्ट रहेको बताउनुभयो ।

साहित्यकार भूपाल राई र हेमकुमार लावतीले जीवनका विविध पक्षमाथि लेखिएको रवीनका गीतमा काव्यिक गुण भरपूर पाइने र यो परम्पराभन्दा पृथक् रहेको बताउनुभयो । सङ्गीतकार राजु सिंहले डा सिन्हाको सङ्गीत अब्बल रहेको बताउनुभयो । कार्यक्रममा राकेश खालिङ र पवन राईले एल्बमभित्रका दुई दुई गीत गाएर सुनाउनुभयो ।

एल्बमका सङ्गीतकार सिलगुढीका डा सिन्हाले एल्बम हङकङबासी गीतकार रवीन, सिलगुढी बस्ने आफूका साथै नेपाल, दार्जिलिङ र सिक्किमका गायकको सहकार्यको सुन्दर नमूना भएको बताउँदै सङ्गीत संयोजन कोलकाता र ‘मिक्सिङ’ चेन्नइमा भएको जानकारी दिनुभयो ।

एल्बममा ‘आखिर केको लागि’, ‘मन दुखाउनेलाई’, ‘खुल्ला आकाश ओढेर’, ‘अल्लाहको नाम भजेर’ र ‘भीडमा हराएँ’ बोलका पाँच गीत समाविष्ट छन् जसमा क्रमशः ज्ञान सुब्बा, रवीन शर्मा, राकेश खालिङ, पुष्पण प्रधान र पवन राईका स्वर छन् । एल्बममा सङ्गीत संयोजन सुमित विश्वकर्माले गर्नुभएको छ । एल्बमको बजार व्यवस्थापन सुरप्रभा गीतसङ्गीत प्रालिले गरेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !