१५ असार २०८१, शनिबार

सयपत्रीको व्यावसायिक खेतीमा महिला


Nepalpatra

१४ कात्तिक, पोखरा । विभिन्न पेशा तथा व्यवसायमा आबद्ध महिलाको संस्था महिला उद्यमी सङ्घ नेपाल कास्कीले फूलखेती व्यवसाय शुरु गरेको छ । तिहारलाई लक्षित गरी शुरु गरिएको सयपत्री फूलको व्यावसायिक खेतीले यतिबेला सार्थकता पाएको छ ।

विसं २०६६ मा प्रदेश सभासद् मीना गुरुङको नेतृत्वमा उद्यमशीलतामा महिला सहभागितासँगै आर्थिक सशक्तीकरणमा जोड दिने उद्देश्यले सो सङ्घ गठन गरिएको थियो । हस्तकलाका विभिन्न तालीममार्फत महिला उद्यमशीलतामा जोड दिँदै आएको यस संस्थाले पहिलोपल्ट फूल व्यवसायमा आफ्नो सक्रियता देखाएको हो ।

सङ्घले दुई रोपनी जग्गा भाडामा लिएर १० हजारको फूलको बीउ जमाएर व्यावसायिक खेती शुरु गरेको सङ्घका कास्की अध्यक्ष काशी गुरुङले जानकारी दिनुभयो । “काठमाडाँैबाट फूलको बीउ मगाएर जमायाँै, बेर्ना लगायाँै, गोडमेल पनि ग¥यौँ, बारीभरि फूल फुलेको देख्दा खुशीले दङ्ग छाँै र बिक्री पनि गर्न थाल्यौँ ”, अध्यक्ष गुरुङ्गले भन्नुभयो । उहाँले फूलको थुङ्गाको आकारअनुसार बिक्री गर्ने गरेको बताउनुभयो ।

प्रतिथुङ्गा (ठूलो) रु पाँचमा र प्रतिकेजी रु ५०० मा बिक्री हुन्छ । एउटा बिरुवामा ५० देखि ७० सम्म फूल फुल्छ । “बेर्ना रोपेदेखि हरेक दिन आएर हेथ्र्यौ, झारपात फाल्थ्याँै, रोपिएका बेर्ना हुर्किएर अहिले ढपक्कै फुलेका छन् ।” कार्यसमिति सदस्य एलिना बरालले भन्नुभयो, “तिहार आउँदैछ, फूलको व्यापार शुरु भएकाले निकै उत्साहित छौँ ।”

सङ्घका कोषाध्यक्ष सरु बराल भन्नुहुन्छ, “तिहारमा मात्रै लाखाँैका फूल आयात गर्न भारतीय बजार पुग्ने गरेकामा यहीका बाँझो जग्गामा व्यावसायिक खेती गर्ने हो भने फूल व्यवसायबाटै लाखाँै आम्दानी गर्न सकिने सम्भावना रहेछ ।” सङ्घले यस पटकको व्यापारलाई हेरेर भविष्यमा फूलको व्यावसायिक खेती बढाउनेतर्फ योजना बनाएको छ ।

तिहारबाहेक पनि गण्डकी प्रदेशको राजधानी पोखरामा अधिकांश कार्यक्रम भइरहने र ती कार्यक्रममा मालाको प्रयोग अत्यधिक हुने गरेको बताउनुहुन्छ सङ्घका सचिव किरण गौतम । उहाँ भन्नुहुन्छ, “भारतबाट आएका फूलको माला अहिले बिक्री हुँदै आएको छ । यदि स्थानीय उत्पादनमा जोड दिने हो भने भारतीय फूलको बजारलाई विस्थापित गर्न सकिन्छ ।”

फूल रोपेदेखि फुल्ने बेलासम्म हरेक दिन बारीमा पुग्ने गरेको बताउनुहुन्छ सङ्घकी सदस्य किरण गुरुङ । “हामीले धेरै मेहनत ग¥याँै, यो मेहनतले सम्पूर्ण समितिका साथीमा नयाँ ऊर्जा थपेको छ । गुरुङ भन्नुहुन्छ, “हामी खुशी छाँै, हाम्रो सोच र मेहनतले सार्थकता पाएको छ, समितिका नौ जना साथीको सक्रियताले थप उत्साहित बनाएको छ ।” गुरुङले १५० साधारण सदस्यलाई यसबारेमा जानकारी दिएर व्यावसायिक फूलखेतीतर्फ अभिप्रेरित गर्ने बताउनुभयो ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !