८ मंसिर २०८१, शनिबार

प्रहरी र महानगरपालिकाबीच सम्झौता


lalitpur 4

१३ कात्तिक, ललितपुर । महानगरीय प्रहरी कार्यालय र ललितपुर महानगरपालिकाबीच प्रहरी समुदाय सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

महानगरपालिका कार्यालयमा सोमबार महानगरपालिकाका तर्फबाट प्रमुख चिरीबाबु महर्जन र कार्यालयका प्रमुख (प्रहरी नायब महानिरीक्षक) शैलेश थापा क्षेत्रीले महानगरपालिका क्षेत्रमा शान्ति र सुरक्षा कायम गर्ने विषयमा सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो ।

हस्ताक्षरपछि प्रमुख क्षेत्रीले आम नागरिकमा अपराध कसरी हुन्छ, विपद्मा कसरी सुरक्षित हुनेलगायत विषयमा दुई संस्था मिलेर नागरिकलाई सजग गराउन सक्ने बताउनुभयो । उहाँले भन्नुभयो, “प्रहरीको अनुभव र जनप्रतिनिधिको ऊर्जालाई मिलाएर समाजमा आपराधिक घटना कम गर्न सकिन्छ ।”

महानगरपालिकाका प्रमुख महर्जनले प्रहरी र स्थानीय निकायबीच सहकार्य बढाउँदै जाँदा दिगो विकास लक्ष्यमा पुग्न सकिने बताउनुभयो । सम्झौता भएका विषय कार्यान्वयनको आवश्यकता औँल्याउँदै उहाँले भन्नुभयो, “जिम्मेवारी पूरा गर्न शिक्षित र सक्षम जनप्रतिनिधिले मात्रै सक्छ ।”

महानगरीय प्रहरी परिसर प्रमुख रवीन्द्र धानुकले नयाँ संविधानले सुरक्षा कायम गर्नका लागि धेरै जिम्मेवारी स्थानीय तहलाई दिएको बताउनुभयो ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !