३ असार २०८१, सोमबार

बंगलादेशमा ४४ जना नेपाली हिरासतमा, गैरकानुनी रुपमा बसेर काम गरेको आरोप


bangladesh

काठमाडौँ : बंगलादेशी प्रहरीले राजधानी ढाकाको मिरपुर क्षेत्रबाट ४४ जना नेपालीलाई हिरासतमा लिएको छ। बंगलादेशी पत्रिका ‘द डेली स्टार’ले जनाए अनुसार उनीहरुलाई गैरकानुनी रुपमा बंगलादेशमा बसेको आरोप लगाइएको छ।

डेली स्टारले प्रहरीलाई उद्‍धृत गर्दै जनाए अनुसार ती नेपाली नागरिकहरु मे २२ तारिखमा पर्यटक भिसामा बंगलादेश आएका थिए। उनीहरुको भिसा गत जुन १९ मा नै सकिएको थियो। उनीहरुले भिसा अवधि बढाउन प्रयास गरे पनि त्यो असफल भएको थियो।

भिसा अवधि बढाउन नसके पनि उनीहरु ढाकाका विभिन्न होटल र रेस्टुरेन्टमा काम खोज्दै थिए, पल्लाबी प्रहरी स्टेसनका अफिसर इन चार्ज डाडुन फकिरले बताए।

उनका अनुसार ती ४४ जना नेपाली मिरपुरको एउटा ६ तल्ले अपार्टमेन्टमा बस्ने गर्थे। अपार्टमेन्टमा मात्र म्याट्रेस थियो जसमा उनीहरु सुत्ने गर्थे।
ढाकास्थित नेपाली दूतावासलाई प्रहरीको स्पेसल ब्रान्चले यसबारे जानकारी दिइसकेको र उनीहरुलाई नेपाल फर्काउने प्रक्रिया सुरु गरिसकेको जनाइएको छ।

बंगलादेशमा अध्ययनका लागि पनि थुप्रै नेपालीहरु रहने गरेका छन्।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !