८ बैशाख २०८१, शनिबार

वीर अस्पताललाई भक्तपुरको चाँगुनारायण नगरपालिकामा विस्तार गर्ने


Bir-hospital-New-Building

भक्तपुर, सरकारले भक्तपुरको चाँगुनारायण नगरपालिका– १४ र ११ मा रहेको ५६३ रोपनी सार्वजनिक जग्गामा एकहजार श्ययाको वीर अस्पताल विस्तारको योजना अघिसारेपछि

चाँगुनारायणका बासिन्दामा खुसियाली छाएको छ ।

जिल्लाको उत्तरी भेगको पूर्वाधार पर्याप्त नभएको यस क्षेत्रमा सरकारको अस्पताल बनाउने निर्णयका कारण यहाँको बासिन्दामा खुसी छाएको हो ।

सरकारले काठमाडाँैमा रहेको वीर अस्पताललाई विस्तार गर्न जग्गाको खोजी गरिरहेको अवस्थामा अर्थमन्त्री विष्णु पौडेल, राष्ट्रिय स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति गणेशमान

गुरुङसहितको चिकित्सक एवम् विज्ञ टोलीले गत असार २८ गते सो क्षेत्रको अनुगमन गरेर उपयुक्त क्षेत्र भएको ठहर गरेपछि सरकारले हालै यसक्षेत्रमा अस्पताल विस्तार गर्ने निर्णय गरेको

हो । यो योजना लागू भएसँगै यस क्षेत्रमा विकासले कोल्टो फेर्ने अपेक्षा गरिएको छ ।

यहाँका नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा माओवादी, राप्रपा, राप्रपा नेपाल, नेमकिपा, नेकपा मालेलगायतका पार्टीका नेता तथा कार्यकर्ताको मागका आधारमा

यसक्षेत्रमा वीर अस्पताल विस्तार गर्ने निर्णय लिइएको हो ।

सरकारको निर्णयसँगै स्थानीय नागरिकले चिकित्सा अध्ययनसहित अस्पताल निर्माण छिटो सुरु भएको हेर्न चाहेको एमाले चाँगुनारायण नगर कमिटीका अध्यक्ष रमेश बुढाथोकीले बताउनुभयो ।

उहाँले भन्नुभयो – “सरकारले बजेट भाषणमार्फत वीर अस्पतालका लागि जग्गा खोजी गरिरहेको बताएपछि नगरपालिकामा सबै पार्टीका नेताबीच छलफल गरेर यही क्षेत्रमा अस्पताल ल्याउन

पहल गर्ने निर्णय ग¥याँै । त्यसपछि पूर्व उद्योगमन्त्री महेश बस्नेतको नेतृत्वमा प्रधानमन्त्री निवास बालुवाटार पुगेका चाँगुका बासिन्दाले प्रधानमन्त्रीलाई यसबारे जानकारी गराएपछि प्रक्रिया

अगाडि बढेको हो । यहाँका जनता अहिले खुसी छन् ।”

नेका चाँगुका शिवहरी केसीले विकासका पूर्वाधार पर्याप्त नभएको यस क्षेत्रमा वीर अस्पताल बनाउने सरकारको निर्णयले विकासको लहर आउने आशा पलाएको बताउनुभयो ।

नेका भक्तपुर क्षेत्र नं १ का पूर्व सभापति एवम् चाँगुका बासिन्दा कृष्णलाल भँडेलले यस क्षेत्रमा अस्पताल आउने भएपछि सबैमा खुसी छाएको बताउँदै यहाँका जनताको आर्थिक अवस्था अब

उकासिने आशा व्यक्त गर्नुभयो ।

सरकारले छिटो अस्पताल विस्तारको काम अगाडि बढाउनुपर्ने उहाँको भनाइ थियो ।

माओवादी केन्द्रका स्थानीय नेता शङ्कर पोखरेल, राप्रपा नेपालका बुद्धिकुमार श्रेष्ठ, मालेका साधुराम दाहाल, माओवादी वैद्यका रामभक्त केसीलगायतका नेताले अब आउने नयाँ सरकारले

चाँगुनारायणमा वीर अस्पताल विस्तार गर्ने कार्यलाई छिटो अगाडि बढाउने आशामा जनता रहेको बताउनुभयो ।

अस्पताल निर्माणका लागि करिब तीन किलोमिटरको चार लेन पेप्सीकोला–मनोहरा करिडोर सडक निर्माण गर्ने योजना रहेको छ । पेप्सीकोलाबाट त्यसक्षेत्रमा जाँदा निकै नजिकपर्ने

अनुगमनका क्रममा बताइएको थियो ।

अस्पताल निर्माणका लागि भक्तपुरका प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलको पहलमा मालपोत कार्यालय र नापी कार्यालयबाट जग्गा छुट्याउने काम समेत भएको छ । रासस


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !