६ जेष्ठ २०८१, आइतबार

उपराष्ट्रपति पुन स्वागत समारोहमा


Nanda-Bahadur-Pun.

१६ असोज, काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुन गणतन्त्र कोरियाको राष्ट्रिय दिवसका अवसरमा आज साँझ राजधानीमा आयोजित स्वागत समारोहमा सहभागी हुनुभयो ।

नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क योङ सिकले आयोजना गर्नुभएको उक्त समारोहमा मन्त्रिपरिषद्का सदस्य, सङ्घीय संसद्का सदस्य, संवैधानिक अङ्गका प्रमुख, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, नेपाल सरकारका वरिष्ठ अधिकारी, उद्योगपति, व्यापारी, कामका सिलसिलामा काठमाडौँमा रहेका कोरियाली नागरिकका साथै वरिष्ठ सञ्चारकर्मीको उपस्थिति थियो ।

समारोहमा संक्षिप्त मन्तव्य व्यक्त गर्दै राजदूत पार्कले कोरिया र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना भएयता दुई देश बीचको सम्बन्ध नयाँ उचाइमा पुगेको बताउनुभयो ।

कोरियाली सहयोग नियोग (कोइका) मार्फत नेपालको प्राविधिक क्षमता अभिवृद्धिमा कोरियाले निरन्तर सहायता गर्दै आएको भन्दै उहाँले नेपालमा सामसङलगायत प्रसिद्ध कोरियाली उत्पादनले बजार ओगटेको देख्दा आफू प्रशन्न भएको बताउनुभयो ।

नेपालको सामाजिक–आर्थिक विकासमा कोरियाले सक्दो सहयोग गर्ने प्रतिबद्धथा पनि राजदूत पार्कले व्यक्त गर्नुभयो ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !