५ जेष्ठ २०८१, शनिबार

जनता बैंकमा अनलाइन खाता खोल्ने सुविधा


१४ असोज, काठमाडौं ।  आमनागरिकसम्म सजिलै बैंकिङ सेवाको पहुंच पुर्याउने उद्देश्यले जनता बैंक नेपाल लिमिटेडले अनलाइनबाट खाता खोल्ने सुविधा सञ्चालनमा ल्याएको छ ।

जनता बैंकको वेभसाइट www.janatabank.com.np मा  log in  गरि स्वदेश तथा बिदेशको कुनै पनि स्थानबाट जनता बैंकको देश भर रहेका १२३ ओटै शाखामार्फत खाता खोल्न सकिने कम्पनीको भनाइ छ ।

उक्त सुविधाबाट देशको कुनै पनि भौगोलिक दुरी अथवा विदेशमा रहेका नेपालीहरुले सजिलै बैंकको सेवा प्राप्त गर्न सक्ने बताइएको छ ।

बैंककाअनुसार उक्त सेवा व्यक्तिगत खाता खोल्नको लागि मात्र प्रयोग गर्न सकिनेछ । अनलाइनबाट खाता खोलेपश्चात ग्राहकको खाता नं. र आवश्यक जानकारी, व्यक्तीगत इमेलमा पठाइनेछ ।

यस विधिबाट खोलिएको खातामा प्रचलित कानून बमोजिम तुरुन्तै कारोवार सञ्चालन गर्न सकिने छ । चेक प्राप्त गर्न तथा खाताबाट रकम ट्रान्सफर गर्नको लागि एक पटक ग्राहकले सम्बन्धीत शाखामा सम्पर्क गरि फाराममा हस्ताक्षर गर्नु पर्ने कम्पनीले जानकारी गराएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !