१२ पुस २०८१, शुक्रबार

काठमाडौंका २९ विद्यालय बन्द हुने (सूचीसहित)


काठमाडौं, साउन १६ – सरकारले अनुमति लिएका तर निरन्तर कक्षा सञ्चालन नगरेका काठमाडौंका २९ वटा विद्यालय बन्द गर्ने निर्णय गरेको छ । अनुगमनको क्रममा काठमाडौं उपत्यकामा मात्र २९ वटा विद्यालयले सञ्चालनको लागि अनुमति लिएपनि निरन्तर सञ्चालन नगरेकाले बन्द गर्ने निर्णय गरेको शिक्षा विभागले जनाएको छ ।

विभागका महानिर्देशक खगराज बरालका अनुसार ती विद्यालय बन्द गराउन प्रक्रिया समेत सुरु भैसकेको छ । विद्यालय सञ्चालन गरेको कुनै प्रमाण भए वा विद्यालय बन्द गर्नु नपर्ने कुनै कारण भए ३५ दिनभित्र जिल्ला शिक्षा कार्यालय काठमाडौंमा निवेदन दिन उहाँले आग्रह गर्नुभयो ।

त्यसको लागि विद्यालयको स्वीकृत पत्रको प्रतिलिपि, कम्पनीको प्रमाणपत्र, प्रबन्धपत्र र नियमावलीको प्रतिलिपि, ३ वर्षको प्mल्यास रिपोर्ट पेस गरेको प्रमाण, १० कक्षाको अनुमति लिएको भए ३ वर्षको परीक्षाफल, लेखा परीक्षण प्रतिवेदनको प्रतिलिपि, कर चुक्ता प्रमाणपत्र स्थायी लेखा नम्बरको प्रतिलिपि लगायतका आवश्यक कागजपत्र सहित निवेदन दिन सकिनेछ ।
कुन– कुन विद्यालय बन्द हुने ?

१. शहिद रापनाथ मा.वि कामपा– १६ बालाजु, कक्षा १–१० सञ्चालनमा नरहेको
२. उज्जवल विद्याविकास मा.वि कामपा– १६, नयाँबजार
३. गिनिज इन्टरनेशनल एकेडेमी कामपा– ९, गौशाला
४. बाल सारथी ऐकेडेमी कामपा– ९, तिलगंगा
५. शुभम पाठशाला कामपा– ३४, शंखमुल
६. टप गार्डेन एकेडेमी कामपा– ३४, मिनभवन
७. सिद्धि मनकामना बोर्डिङ स्कुल कामपा– ११, त्रिपुरेश्वर
८. इन्टरनेशनल प्रा.वि कामपा– ३४, गौशाला
९. कान्तिईश्वरी शिशु विद्यालय कामपा– ११, त्रिपुरेश्वर
१०. एलायन्स एकेडेमी कामपा– १०, बानेश्वर
११. शैक्षिक वातावरण स्कुल, कामपा
१२. हिमालयन हार्ट एकेडेमी, टोखा
१३. लर्डबुद्ध एकेडेमी टोखा– १५, गोंगबु
१४. कान्छिमाया सनातन बालिविकास प्रा.वि. कामपा–३२, कालिकास्थान
१५. अल्का नि.मा.वि (प्रस्तावित द टाईम्स बोर्डिङ स्कुल) कामपा– ३३ ( साविक कामपा ५)
१६. रिभरभ्याली (नदी उपत्यका) ईङ्गलिस स्कुल कीर्तिपुर
१७. कलंकी ईङ्गलिस मिडियम स्कुल कामपा
१८. सुपर स्टार ईङ्गलिस स्कुल –प्रस्तावित मुनस्टार स्कुल) कामपा– १५
१९. मातृअरविन्द विद्यालय, चन्द्रागिरी ९ (साविक महादेवस्थान ४)
२०. समरहिल ईङ्गलिस स्कुल (द वल्र्ड स्कुल) कामपा– ९, सिनामंगल
२१. ए एण्ड ए एकेडेमी कामपा– ३५, कोटेश्वर
२२. काठमाडौं वर्षा मा.वि. कामपा– १५, तीनकुने
२३. मिलिजुली विकल्प स्कुल कामपा– ६, बौद्ध
२४. न्यू लिटिल प्mलावर प्रा.व् िकामपा– १३, चागल
२५. रुपिज इन्टरनेशनल ईङ्गलिस स्कुल कामपा– १३, वाफल
२६. म्यापल स्कुल कामपा– ३३
२७. जोभिएल ईङ्गलिस बोर्डिङ स्कुल चन्द्रागिरी– १२, मातातिर्थ
२८. सोसियल यूनाइटेड एडभान्स एकेडेमी बुढानिलकण्ठ– ११
२९. द फ्रेसवल्र्ड स्कुल कामपा– ३३


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !