७ बैशाख २०८१, शुक्रबार

लागूऔषध ओसारपसारको अभियोगमा संघाई ग्रुपका अध्यक्ष पक्राउ


काठमाडौं- संघाई ग्रुपका अध्यक्ष पवन संघाईलाई प्रहरीले पक्राउ गरेको छ। लागूऔषध बेचबिखनको अभियोगमा संघाईलाइ पक्राउ गरेको लागूऔषध नियन्त्रण ब्युरोका एसएसपी गणेश केसीले जानकारी दिए। उनका अनुसार आजै पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गर्ने तयारी भइरहेको छ। संघाई एभरेष्ट इन्स्योरेन्सका अध्यक्षसमेत हुन्। गत बुधबार संघाईको प्लाष्टिक उद्योगको गोदामबाट सयौं किलोग्राम लागुऔषध बनाउन प्रयोग हुने कच्चा पर्दाथ फेला परेको थियो। प्रहरीले विशेष सूचनाका आधारमा लुकाएर राखेको अवस्थामा चार सय ७१ किलोग्राम लागुऔषध बरामद गरेको थियो। लागूऔषध नियन्त्रण ब्युरोको टोलीले पाटन औद्योगिक क्षेत्रमा रहेको संघई प्लाष्टिक इन्डष्ट्रिज प्रालिको गोदाममा एकै प्रकारका ९ सय ५२ डिब्बामा लुकाई राखेको अवस्थामा लागुऔषध बनाउन प्रयोग हुने कच्चा पर्दाथ बरामद गरेको गरेको थियो। ब्युरो उच्च स्रोतका अनुसार औषधी बनाउन भन्दै भित्रिएको कच्चा पर्दाथ तस्करी प्रयोजनका लागि गोदाममा राखिएको हो। उक्त लागूऔषध भारत र चीनमा सप्लाई गर्ने गरेको बताइएको छ।

काठमाडौं- संघाई ग्रुपका अध्यक्ष पवन संघाईलाई प्रहरीले पक्राउ गरेको छ। लागूऔषध बेचबिखनको अभियोगमा संघाईलाइ पक्राउ गरेको लागूऔषध नियन्त्रण ब्युरोका एसएसपी गणेश केसीले जानकारी दिए। उनका अनुसार आजै पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गर्ने तयारी भइरहेको छ। संघाई एभरेष्ट इन्स्योरेन्सका अध्यक्षसमेत हुन्।

गत बुधबार संघाईको प्लाष्टिक उद्योगको गोदामबाट सयौं किलोग्राम लागुऔषध बनाउन प्रयोग हुने कच्चा पर्दाथ फेला परेको थियो। प्रहरीले विशेष सूचनाका आधारमा लुकाएर राखेको अवस्थामा चार सय ७१ किलोग्राम लागुऔषध बरामद गरेको थियो।

लागूऔषध नियन्त्रण ब्युरोको टोलीले पाटन औद्योगिक क्षेत्रमा रहेको संघई प्लाष्टिक इन्डष्ट्रिज प्रालिको गोदाममा एकै प्रकारका ९ सय ५२ डिब्बामा लुकाई राखेको अवस्थामा लागुऔषध बनाउन प्रयोग हुने कच्चा पर्दाथ बरामद गरेको गरेको थियो।

ब्युरो उच्च स्रोतका अनुसार औषधी बनाउन भन्दै भित्रिएको कच्चा पर्दाथ तस्करी प्रयोजनका लागि गोदाममा राखिएको हो। उक्त लागूऔषध भारत र चीनमा सप्लाई गर्ने गरेको बताइएको छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !