१३ बैशाख २०८१, बिहिबार

मन्त्रालयमै चोरी, उपसचिवको टेबलबाटै हरायो ल्यापटप, आइफोनसँगै १ लाख


काठमाडौं, साउन १२ – सिंहदरबारभित्र रहेको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा चोरी भएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका उपसचिव चिरिञ्जिवी तिमिल्सिनाको आइफोन, ल्यापटप र एक लाख रुपैयाँ कार्यकक्षबाटै चोरी भएको हो ।

कार्यकक्षमा सामान राखेर शाखाको बैठकमा गएको र फर्कंदा उहाँको पैसा राखेको झोलासहित मोबाइल र ल्यापटप चोरी भएको मन्त्रालयका कर्मचारीले बताएका छन् । सामान र नगद मन्त्रालयबाटै चोरी भएपछि सुरक्षा ब्यवस्था कडा पारिएको छ भने उजुरी दिन उपसचिव चिरिञ्जिवी तिमिल्सिना महानगरीय प्रहरी परिसर टेकु जानुभएको छ ।

मन्त्रालयभित्र सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !