१२ असार २०८१, बुधबार

एक महिनापछि सडक सञ्चालन


Nepalpatra

३१ भदौ, बाजुरा । गएको साउन २९ गतेदेखि बन्द भएको साँफे मार्तडी सडक आजदेखि यातायात सञ्चालनमा आएको छ ।

निरन्तरको वर्षासँगै आएको पहिरोले सडक अवरुद्ध बनेपछि ताँप्रीसेराबाट चल्दै आएको बससेवा आजदेखि सञ्चालनमा आएको प्रमुख जिल्ला अधिकारी चेतराज बरालले बताउनुभयो ।

साँफेमार्तडी सडकखण्डअन्तर्गत पर्ने बल्दे, दवारी, हडरे खोला, तिपाडा, पानीनाउला, थुवाकाँध, पावरहाउस, कोर्दिपानी र करालाको सडकमा खसेको पहिरो हटाएपछि बस सेवा सदरमुकाम मार्तडीबाटै सञ्चालनमा आएको हो ।

सडकमा खसेको पहिरो हटाएपछि आज बिहान धनगढी, महेन्द्रनगर, नेपालगञ्ज र काठमाडौँबाट बसहरु सदरमुकाम मार्तडीमा आएका आएका छन् । रात्रि सेवाका लागि आज सदरमुकाम मार्तडीबाटै पहिलो दिन धनगढी, महेन्द्र नगर, नेपालगञ्जका लागि बसहरु पठाएको भेरी यातायातका बाजुरा इञ्चार्ज धुव्र रोकायाले बताउनुभयो ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !