१७ असार २०८१, सोमबार

बेलायती विश्वविद्यालयभित्रै यो हदको जातिवाद


बेलायतको वारविक विश्वविद्यालयकी छात्रा फारामेडले ट्विटरमार्फत घटना सार्वजनिक गरेकी हुन् । आफ्नै सहपाठीले उनको किचनमा केराको बाहिरी बोक्रामा “बाँदर, हब्सी” लेखिदिएका थिए । यी शब्दले निराश बनाएको तस्बिर ट्विट गर्दै उनले लेखेकी छिन् । त्यसको केही घण्टामा उनको विश्वविद्यालयले घटनाको छानविन थालिसकेको बताएको थियो ।

विश्वविद्यालयको प्रशासनलाई घटना अनुसन्धानमा घचघच्याउन नै ट्विट गर्नु परेकोमा भने उनी दिक्क छिन् ।
अहिले वारविकमा विद्यार्थी युनियनले #WeStandWithFara ह्याण्डल प्रयोग गरी यी अश्वेत विद्यार्थीको पक्षमा अभियान सुरु गरेको छ ।

जातिभेदका यस्ता कयौं प्रसंग सानातिना भनेरै वेवास्ता गरिन्छ । यस्ता घटना दैनिक घटिरहन्छन्, तर रिपोर्ट हुँदैन । काला र गोरा विद्यार्थीबीच रंगभेदको व्यवहार बढिरहेको स्वीकार्दै विश्वविद्यालयका प्रवक्ता पिटर डन भन्छन्, सामाजिक सञ्जालमा व्यापकरुपमा प्रेषित यस्ता जातिवादी घटनाको तिब्रतासाथ छानविन हुनेछ ।

फरामेडको ट्विट्छिन्, ‘बेलायतमा एउटी जवान कालीकेटी हुनु निकै कठिन छ ।’

अफ्रिकीप्रति गोराहरुको परंपरागत दृष्टिमा कुनै परिवर्तन नआएको यस घटनाले देखाएको छ ।

आखिर किन अझै जातिभेद

warwick-univer


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !