१७ असार २०८१, सोमबार

भाइरल ज्वरोले ओखलढुंगामा एसएलसी दिने ७० विद्यार्थी बिरामी


ओखलढुंगा, चैत २३ – ओखलढुंगाको सिस्नेरीस्थित कालिका उच्च माध्यमिक विद्यालय परीक्षा केन्द्रमा एसएलसी परीक्षा दिइरहेका परीक्षार्थीहरुमा भाइरल ज्वरोको प्रकोप देखिएको छ । भाइरल ज्वरोको प्रकोपले कालिका परीक्षा केन्द्रका ७० परीक्षार्र्थी बिरामि परेका छन् ।

बिरामि भएका विद्यार्थीहरु परीक्षा दिन नसक्ने अवस्थामा पुगेको विद्यालयले जनाएको छ । कालिका परीक्षा केन्द्रबाट अहिले २ सय ५२ जना विद्यार्थी एसएलसीमा सहभागी रहेको विद्यालयका प्रधानाध्यापक शिवप्रसाद दाहालले जानकारी दिनुभयो । दाहालका अनुसार विद्यालयका अधिकांश विद्यार्थीहरु भारलबाट संक्रमित भएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !