११ आश्विन २०८१, शुक्रबार

रिपब्लिकनका तर्फबाट अमेरिकी राष्ट्रपति पदको उम्मेदवारमा चुनिए ट्रम्प


donald_trump

काठमाडौं, ५ साउन – आगामी नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपति चुनावका लागि रिपब्लिकन पार्टीका तर्फबाट डोनाल्ड ट्रम्प राष्ट्रपतिको उमेदवार चुनिएका छन् । रिपब्लिकन पार्टीको राष्ट्रिय सम्मेलनका बहुमत प्रतिनिधिको समर्थनमा ट्रम्प राष्ट्रपति पदका उमेदवार बनेका हुन् ।

ओहायो राज्यमा जारी सम्मेलनले उनलाई चुनको हो । त्यस्तै, इन्डियानाका गभर्नर माइक पेस पार्टीका तर्फबाट उपराष्ट्रपति पदका उमेदार बन्ने भएका छन् । एक भिडियो मार्फत उनले राष्ट्रपति पदमा उमेदवार चुनिन पाउँदा गौरवान्वित भएको बताएको बीबीसीले जनाएको छ । अमेरिकाको बदलावको लागि पनि आफ्नो जित आवश्यक रहेको उनले बताएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !