८ मंसिर २०८१, शनिबार

लम्जुङ्गमा भव्यताको साथ गौरा पर्व मनाइयो


gourav

२० भदौ, लम्जुङ्ग । सुदुरापश्चिम क्षेत्रमा मनाइने धार्मिक एवं सांस्कृतिक महत्व बोकेको गौरा पर्व देशभरका युवाहरूका माझ लोकप्रिय एवं महत्वपूर्ण पर्वको रूपमा विकसित हुँदैछ । जसको प्रत्यक्ष उदाहरणको रूपमा लम्जुङ्ग कृषि क्याम्पसमा सम्पन्न गौरापर्वको विशेष कार्यक्रम रहेको छ ।

लम्जुङ्ग कृषि क्याम्पसमा अध्ययनरत सुदुरपश्चिम विद्यार्थी समूहको आयोजनामा गौरापर्व भव्यताको साथ क्याम्पस परिसरमा सम्पन्न भयो । उक्त अवसरमा गौरापर्वको महत्त्व झल्कने विभिन्न सास्कृतिक प्रस्तुतीकरण, देउडा नृत्य, गीत आदि प्रस्तुतिका साथमा सम्पूर्ण विद्यार्थी, कर्मचारी एवं शिक्षकको बीचमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको थियो ।

सो अवसरमा लम्जुङ्ग क्याम्पसका प्रमुख डा. बिष्णु विलास अधिकार, प्राज्ञिक विद्यार्थी परिषद, नेपालका राष्ट्रिय सह सङ्गठन सचिव रमेश कण्डेल लगायतका व्यक्तिहरूको विशेष उपस्थिति रहेको थियो ।

देशलाइ एकताको सूत्रमा बाध्ने हाम्रा सस्कृति र मूल्य मान्यताको संरक्षण, जागरण र विकासका लागि लम्जुङ्गको यो कार्यक्रम सबैका लागि उदाहरणीय बन्न सक्नेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !