१२ आश्विन २०८१, शनिबार

आर्सनलद्वारा वेष्ट ह्याम युनाइटेड ३–१ ले पराजित


Arsenal football

१० भदौ, काठमाडौं । इंग्लिस प्रिमियर लिगअन्तर्गत शनिबार भएको महत्वपुर्ण खेलमा आर्सनलले तेस्रो खेलमा पहिलो जित निकाल्दा साविक विजेता म्यानचेस्टर सिटीले तेस्रो खेलमा पहिलो बराबरीको सामना गर्यो ।

शनिबार भएको खेलमा वेष्ट ह्याम युनाइटेडलाई ३–१ ले पराजित गर्दै आर्सनलले तीन अंक जोड्यो । घरेलु मैदानमा भएको खेलमा आर्सनललाई जित दिलाउन नाचो मोनरियल र ड्यानी वेलब्याकले समान एक–एक गोल गर्दा आर्सनलले एक गोल आत्माघाती उपहारका रुपमा पाएको थियो। वेष्ट ह्यामका मार्को अर्नौटोभीचले आत्माघाती गोल उपहार दिए । जितसँगै आर्सनलले तीन खेलबाट तीन अंक जोडेको छ ।

यसअघि आर्सनल म्यानचेस्टर सिटि र चेल्सीसँग पराजित भएको थियो । वेष्ट ह्यामको यो लगातार तेस्रो हार हो । सिटीको अप्रत्यासित बराबरी साविक विजेता म्यान्चेष्टर सिटी भने नव प्रवेशी क्लब वल्भरह्याम्पटनसँग  बराबरी खेलेको छ ।

वल्भरह्याम्पटनको घरेलु मैदानमा भएको खेलमा म्यान्चेष्टर सिटी एक गोलले पछि परेको अवस्थामा बराबरी गर्दै अंक बाँड्यो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि खेलको ५७ औं मिनेटमा विली बोलीको गोलमार्फत  वल्भरले अग्रता बनाएको थियो । बोलीले हातमार्फत गरेको गोलले मान्यता पाएको थियो ।

६९ औं मिनेटमा लापोर्टीको गोलमार्फत सिटीले खेल बराबरीमा ल्यायो । तर, त्यसपछि थप गोल हुन नसक्दा सिटी अप्रत्यासित रुपमा अंक बाँड्न बाध्य भयो ।

सिटीले लिगमा तीन खेलबाट सात अंक जोडेको छ । समान खेलबाट वल्भरको दुई अंक रहेको छ । प्रिमियर लिगअन्तर्गत नै लेष्टर सिटीले साउथ ह्याम्पटनलाई २–१ ले पराजित गर्दा एभर्टन र बोर्नेमाउथले २–२ को बराबरी खेले। त्यस्तै, कार्डिफ र हडर्सफिल्ड पनि गोलरहित बराबरीमा रोकिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !