१२ आश्विन २०८१, शनिबार

जातीय तनावबारेका निराशा त्याग्न आह्वान


president Obama

प्रदर्शनका क्रममा पाँचजना प्रहरी मारिएको घटनाले जातीय विभाजन ल्याएको अस्वीकार गर्दै हतास नहुन राष्ट्रपति बराक ओबामाले अमेरिकी जनतालाई आह्वान गरेका छन्।

पछिल्लो घटनाले निम्त्याएको दुःखमाझ अमेरिकाले केही अर्थ खोज्ने प्रयास गर्नुपर्ने र त्यसले एकता ल्याउने उनले बताए।

पहिला श्वेत प्रहरीद्वारा अश्वेत नागरिकको हत्या र त्यसपछि अश्वेत नागरिकद्वारा पाँचजना प्रहरीको हत्याका घटनापछि अमेरिकाभर जातीय तनाव चुलिएका बेला राष्ट्रपति ओबामाले मारिएका प्रहरीहरुको स्मृतिसभालाई सम्बोधन गरेका हुन्।

माइका जनसनले दुईजना अश्वेत नागरिकको लुइजियाना र मिनेसोटा राज्यमा श्वेत प्रहरीले हत्या गरेपछि त्यसको बदलास्वरुप आफूले ड्यालसका पाँचजना प्रहरी अधिकारीहरुको गोली हानी हत्या गरेको बताएका थिए।

 

यसैबीच, अश्वेत नागरिकहरुविरुद्ध प्रहरीले अत्यधिक बल प्रयोग गरेको विरोधमा अमेरिकाभर प्रदर्शनहरु भएका थिए।

तर ड्यालसमा मंगलबार भएको स्मृतिसभामा बोल्दै राष्ट्रपति ओबामाले हतास नहुन आह्वान गरे।

उनले भने, “हामीलाई थाहा छ, उल्लेख्य रुपमा बहुसंख्यक प्रहरीहरुले आश्चर्यजनक रुपमा कठिन र खतरनाक काम निष्पक्ष र व्यवसायिक ढंगले गरिरहेका छन्। उनीहरु हाम्रो तिरस्कारको नभई सम्मानको लायक छन्।”

ड्यालस जाँदै गर्दा ओबामाले श्वेत प्रहरीद्वारा मारिएका दुईजना अफ्रिकी अमेरिकीको आफन्तलाई फोन गरेका थिए।

 

पछिल्ला साता जे भइरहेको छ त्यसमा अमेरिकीहरु संघर्ष गरिरहेको भन्दै ओबामाले ती घटनाहरुले प्रजातन्त्रका गहिरा कमजोर धारहरुलाई उजागर गरेको रुपमा देखा परेको बताए।

उनले बाहिर देखिएजति आफूहरु विभाजित नभएको आश्वस्त पार्न आफू स्मृतिसभामा गएको बताए।

ओबामाले प्रहरी अधिकारीहरुको साहसको सम्मान गर्दै सेवामा रहेका केही मानिसहरु मारिएका प्रहरीहरुको साहसका कारण शोकमा डुबेको बताए।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !