१२ पुस २०८१, शुक्रबार

टाटा मोटर्सको सिजन–६ कार मेला शुरु


tat car

१ भदौ, काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्गले बार्षिक रुपमा आयोजना गर्दै आइरहेको टाटा मोटर्स कार मेला काठमाण्डौको नक्साल ब्यांक्वेटमा ३ दिनसम्मको लागि सिजन–६, आजबाट सुरु भएको छ ।

मेला प्रत्येक दिन बिहान ११ बजेदेखि बेलुका ७ बजे सम्म हुनेछ । आफ्नो वर्गको अन्य कार्यक्रमहरुमध्ये सबैभन्दा उत्कृष्ट मानिएको यस कार मेलाले हरेक वर्ष ग्राहक तथा दर्शकहरु सकारात्मक प्रतिक्रिया पाइरहेको सिप्रदीको भनाइ छ ।

बार्षिक रुपले आयोजना गरिने हुनाले ग्राहकहरु यस सिजनको पर्खाइमा रहेर आकर्षक अफरहरुका साथ टाटाका कारहरु खरिद गर्ने गर्दछन ।

कार मेला सिजन ६ का मुख्य आकर्षणहरुमा टाटा प्यासेन्जर गाडीहरुको बृहत प्रदर्शनी, ४ लाख सम्मको विषेश छुट, २ लाख सम्मको एक्सेंज बोनस, अन द स्पट फाइनान्स र बिमा सुबिधा, टेस्ट ड्राइभ लगायत बिभिन्न सांगीतिक एबं मनोरन्जनात्मक कार्यक्रमहरुका साथै रिफ्रेसमेन्टको समेत व्यवस्था रहेको छ ।

उक्त मेला अवधिभर ग्राहकहरुले बुकिंग गर्दा गोला प्रथा मार्फत विभिन्न अफरहरु पाउनेछन् जसमाः १ जोडीलाई यूरोप टुर, १ जोडीलाई थाइल्याण्ड टुर, १ थान हिराको औठी, २ जाना लाई २ वर्षको निःशुल्क सर्भिसिङ्ग, ३ जना लाई कम्प्रिहेन्सिभ इन्स्योरेन्स र १ जना लाई ६ महिना को निःशुल्क इन्धन रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !