११ पुस २०८१, बिहीबार

अमेरिकाको डालसमा पाँच प्रहरीको हत्या


police in USA

प्रहरी हिंसाविरुद्ध अमेरिकाको डालसमा भएको प्रदर्शनको क्रममा दुई निशानेवाजले गोली चलाउँदा पाँच प्रहरी मारिएका छन्। डालसका प्रहरी प्रमुखले भनेका छन्, घाइते मध्य केही प्रहरीहरुको अवस्था चिन्ताजनक छ। एकजना गैरसैनिक पनि उक्त घटनामा घाइते भएका छन्।

प्रहरीले भनेका छन्, टाढाबाट निशाना लगाउन सक्ने बन्दुकधारीहरुले उक्त घटना घटाएका छन्।

हमलाकारी मध्ये एकजनाले आफैँ आत्मसमर्पण गरेको र अर्कोलाई हिरासतमा राखिएको प्रहरीले जनाएको छ। दुई फरक राज्य मिनेसोटा र लुजियानामा दुईजना अश्वेत नागरिकको प्रहरीले हत्या गरेपछि विभिन्न सहरहरुमा प्रदर्शनहरु भइरहेका छन्। फिल्याण्डो क्यासटिलको मिनेसोटामा ट्राफिक लाइटमा रोकिएका बेला बुधबार गोली हानी हत्या गरिएको थियो भने एल्टन स्टेरलिङको त्यसको एकदिन अघि लुजियानामा प्रहरीले गोली हानी हत्या गरेका थिए।

टो सम्मेलनका लागि पोल्याण्ड पुगेका अमेरिकी राष्ट्रपति बराक ओबामाले यी घटनाहरुबारे सबै अमेरिकीहरु चिन्तित हुनुपर्ने बताएका छन्। उनले भने, “छालाको रंगकै कारण उनीहरुलाई त्यस्तो व्यवहार गरिएको छ भन्ने महसुस हुन्छ जसले चित्त दुखाउँछ। यसले हामी सबैलाई समस्यामा पार्छ।”

केही समुदायले प्रहरीप्रति अविश्वास महसुस गरेकाले त्यसलाई सम्बोधन नगरिए न्याय सम्पादन थप कठिन हुने उनको भनाई थियो। ओबामाले फौजदारी न्याय प्रणालीमा विभेद रहेको भन्दै त्यसलाई निर्मुल पार्नुपर्ने बताए। उनले यो अश्वेतहरुको वा हिस्प्यानिकहरुको मात्रै मुद्दा नभई अमेरिकीहरुकै मुद्दा भएकाले यसबारे सबैले ख्याल गर्नुपर्ने बताए।

श्वेत अमेरिकीलाई भन्दा अफ्रिकी अमेरिकी नागरिकहरुलाई प्रहरीले गोली हान्ने बढ्ता सम्भावना रहेको देखाउने तथ्यांकप्रति इंगित गर्दै ओबामाले आन्तरिक विभेद हटाउनका लागि कानुन कार्यान्वयन इकाइसँग आह्वान गरेका छन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !