२३ बैशाख २०८१, आइतबार

अचेत भएपछि कांग्रेस महामन्त्री कोइराला अस्पताल भर्ना


shasank koirala

काठमाडौं: अचानक स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि नेपाली कांग्रेसका महामन्त्री सशांक कोइराला अस्पताल भर्ना भएका छन् ।

अचते भएपछि कोइरालालाई चाबहिलस्थित ओम अस्पतालमा भर्ना गरिएको छ। कोइरालालाई त्यहाँ भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

राति खाना खाएर सुतेका कोइरालालाई निरन्तर बान्ता भएर स्वास्थ्य समस्या शुरु भएको थियो । बान्ताका कारण कोइरालालाई श्वासप्रस्वासमा समस्या भएको चिकित्कको प्रारम्भिक अनुमान थियो ।

कोइरालाको छातिको एक्सरे रिर्पोट अनुसार उनको फोक्सोमा निमोनियाँको समस्या देखिएको छ ।

कोइरालालाई भर्ना गरिएपछि उनको अवस्था बुझ्न सभापति शेरबहादुर देउवासहित सयौं कांग्रेस कार्यकर्ताहरु ओम अस्पता पुगेका थिए । केही बेर अघि प्रधानमन्त्री केपी शर्मा ओली पनि ओम अस्पताल पुगेर कोइरालाको स्वास्थ्य अवस्था जानकारी लिएका थिए ।

कोइरालाको थप उपचारका लागि विदेश लैजाने विषयमा छलफल भएपनि उनलार्इ भेन्टिलेटरमा राखिएकाले विमानस्थलसम्म पुर्‌याउन समस्या भएको ५ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !