६ जेष्ठ २०८१, आइतबार

मानव मलमूत्रीय फोहर व्यवस्थापन तालीम


Nepalpatra

२८ साउन, काठमाडौँ । मानव मलमूत्रीय फोहरमैला व्यवस्थापनमा क्षमता अभिवृद्धिसम्बन्धी तालीम शुरु भएको छ ।

सोसाइटी अफ पब्लिक हेल्थ इञ्जिनीयर्स (सोफेन), वातावरण तथा जनस्वास्थ्य संस्था (इन्फो) र ५०० बी सोलुसन प्रालिको संयुक्त आयोजनामा आजदेखि प्रदेश नं ४ र ५ का नगरपालिकामा कार्यरत इञ्जिनीयरलाई काठमाडौँमा तालीम प्रदान गरिएको हो । कार्यक्रममा पूर्वमन्त्री इ गणेश शाहले शहरी वातावरण सफा राख्न फोहरमैला व्यवस्थापनको विषय उत्तिकै महत्वपूर्ण भएको उल्लेख गर्दै जनप्रतिनिधिले पूर्वाधारसहित मानव मलमूत्रीय फोहर व्यवस्थापनको दीर्घकालीन योजना बनाएर काम गर्नुपर्ने सुझाव दिनुभयो ।

सोफेनका पूर्वअध्यक्ष इ किशोर शाक्यले नगरलाई स्वच्छ र सुन्दर बनाउन इञ्जिनीयरले फोहरमैलाको दिगो व्यवस्थापन गर्न जरुरी रहेको बताउनुभयो । सोफेनका अध्यक्ष इ रामदीप शाहले नेपालका प्रमुख शहरमा फोहरमैला र ढलको समुचित व्यवस्थापन नहुँदा देखिएको समस्याबाट सबैले शिक्षा लिनुपर्ने बताउनुभयो ।

तालीम बुधबारसम्म चल्ने छ । उक्त संस्थाले प्रदेश नं १ र २ का नगरपालिकामा कार्यरत इञ्जिनीयरलाई यसभन्दा पहिले नै तालीम दिइसकेको छ । आगामी दिनमा अरु प्रदेशमा पनि दिइने आयोजकले जनाएको छ ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !