२३ बैशाख २०८१, आइतबार

भक्तपुर प्रहरी प्रमुख एपी किरण बज्राचार्य (टिआईपी) हिरो घोषित


SP-Kiran-Bajrachyra

महानगरीय प्रहरी परिसर भक्तपुरको प्रमुख एवम् नेपाल प्रहरीकी प्रहरी उपरिक्षक किरण बज्राचार्य स्टेट डिपार्टमेण्ट ट्राफिक इन पर्सन (टिआईपी) हिरो घोषित भएकि छन् ।

बज्राचार्य संसारभरीबाट छानिएका ८ जनामध्ये एक हुन । उनलाई महिला र बालबालिकामाथि गरिने मानव तस्करीलगायतका अपराध क्षेत्रमा अनवरत अनुसन्धानको लागी सम्मान दिइएको नेपालस्थित अमेरिकी दुतावासले जनाएको छ ।अमेरिकी विदेश मन्त्रालयमा शुक्रबार आयोजना भएको कार्यक्रममा उनलाई मानव बेचबिखनविरुद्धको वर्ष हिरो घोषणा गर्दै प्रमाणपत्र प्रदान गरेको प्रहरी प्रहरी प्रधान कार्यालय जनाएको छ ।
बज्राचार्यलाई अमेरिकी विदेश सहायकमन्त्री निशा विशवालले अवार्ड हस्तान्तरण गरेकी छन् ।अमेरिकी विदेश मन्त्रालयले हरेक वर्ष मानव बेचबिखनसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्ने क्रममा मानव बेचबिखनविरुद्ध अभियान चलाएकोमा उनलाई सो सम्मान प्रदान गरेको हो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीमा रहँदा करिब दुई वर्ष सङ्गठित मानव तस्कर समूहलाई पक्राउ गर्न सफल भएको र भक्तपुर प्रहरी परिसरमा रहँदा पनि मानव बेचबिखनविरुद्ध जनचेतनामूलक अभियान चलाउनुभएको थियो ।

विसं २०५२ मा प्रहरी निरीक्षकबाट नेपाल प्रहरीमा भर्ना हुनु भएकी उहाँले हाल महानगरीय प्रहरी परिसर भक्तपुरको प्रमुखमा हुन । यसअघि २०११ मा शक्ति समूहकी चरिमाया तामाङ, २०१४ मा न्यायाधीश टेकनारायण कुँवर र २००८ मा भीम लामा, गणेश श्रेष्ठ र कमार गिरीले यो अवार्ड पाइसक्नुभएको छ । अमेरिकाले बज्राचार्यसहित विश्वभरबाट आठ जनालाई यस्तो सम्मान प्रदान गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !