१२ बैशाख २०८१, बुधबार

रौतहटमा चट्याङले २ को मृत्यु, १ घाइते


lightning

१७ असार २०७३:- रौतहटको ईनरुवा गाविस वडा– ४ मा बिहीबार राति चट्याङ लागेर २ जना बालकको मृत्यु भएको छ। एक जना महिला घाइते भएकी छन् ।

मृत्यु हुनेमा स्थानीय रामबहादुर महतोको छोरा वर्ष १३ का सरोज महतो र विनोद महतोको छोरा वर्ष १५ का रामसागर महतो रहेको रौतहटका डीएसपी नवीनकृष्ण श्रेष्ठले बताए ।

सोही घटनामा परी स्थानीय ५५ वर्षीय कान्ति देवी घाइते छिन् । उनको दाखिने खुट्टा चट्याङले जलेको प्रहरीले जनाएको छ ।

उपचारको लागि स्थानीय मेडिकलमा पुर्‍याएको केही बेरमै सरोज र रामसागरको मृत्यु भएको थियो ।
मृतक दुवैको शव पोष्टमार्टमको लागि गौर अस्पताल लगिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !