३ मंसिर २०८१, सोमबार

बाह्र टन फोहर संकलन


Sasfai Bhaktapur

१९ साउन, भक्तपुर । भक्तपुर भएर बग्ने हनुमन्ते नदी सफाइ अभियानको आज २३आँै हप्तामा अरनिको राजमार्ग खण्डअन्तर्गत गट्ठाघर क्षेत्रको सरसफाइ गर्दा १२ टन फोहर संकलन गरिएको छ ।

सूर्यविनायक नगरपालिकाको नेतृत्वमा भएको हनुमन्ते सफाइ अभियानकै अभियन्ता टोलीले आज यस क्षेत्रमा जथाभावी फालिएको १२ टन फोहर संकलन गरिएको सफाइ अभियन्ता पुष्कर गजुरेलले जानकारी दिनुभयो ।

नेपाली काँगेसका नेता एवं पूर्वमन्त्री आनन्द ढुङ्गानासहित सफाइ अभियानमा २०० भन्दा बढी अभियन्ताको सहभागिता रहेको थियो । अभियानमा प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री महेश बस्नेत, सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा, मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख अञ्जनादेवी मधिकर्मी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत विभिन्न संघसंस्थाको टोलीको सफाइमा सहभागिता रहेको थियो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !