२५ पुस २०८१, बिहीबार

जापानको फुकिशिमामा भूकम्प


भूकम्प भूकम्प

१५ साउन, टोकियो । जापानको फुकुशिमा प्रान्तमा ५.४ म्याग्निच्युडको भूकम्प गएको छ ।
स्थानीय समयाअनुसार मङ्गलबार बिहान ५ः४२ बजे सो भूकम्प गएको जापानको मौसम विज्ञान निकायले जानकारी दिएको छ । यस भूकम्पको केन्द्रविन्दु तटिय क्षेत्रको जल सतहमा रहेको जनाइएको छ ।

पूर्वी जापानको मियागी र फुकुशिमा प्रान्तहरु यस भूकम्पबाट बढी प्रभावित भएको बताइएको छ ।

हालसम्म यस भूकम्पबाट मानवीय र सम्पत्तीको क्षतिको कुनै विवरण प्राप्त नभएको बताएको । साथै भूकम्पपछि सुनामीको चेतावनी पनि दिइएको छैन् ।

जापान विश्वको अरु राष्ट्रको तुलनामा बारम्बार भूकम्पले सताउने देश हो । (रासस /सिन्ह्वा)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !