७ जेष्ठ २०८१, सोमबार

पहिरोले कार पुर्यो, सावधानिले सवार सकुसल : मुग्लिन-नारायणगढ सडकखण्ड


car accident

१४ असार, २०७३:- चितवन, मुग्लिन नारायणगढ सडकखण्ड अन्तर्गत गयराति अचानक रुपमा खसेको पहिरोले बा१४च ८२९० नक्मरको कार क्षतिग्रस्त भएको छ।
नारायणगढ मुग्लिन सडक अयोजनाले दिएको जानकारी अनुसार मुग्लिनदेखि पश्चिम नारायणगढतर्फ पाँच किलोमा सो घटना भएको थियो।
टाढैबाट अगाडि स–साना ढुंगा झरेको देखेपछि गाडी रोकेर सुरक्षित स्थानमा लागेका कारण कारमा सवारलाई केही भएन। कारमाथि केही क्षणमै पहिरो खस्यो र चकनाचुर भयो,’ अयोजनाका इन्जिनियर शिव खनालले भने।

आयोजनाले जुन सुकै बेलामा पनि पहिरो जाने समस्या रहेको सो सडकमा यात्रा गर्दा सावधानी अपनाउन आग्रह गर्दै आएको छ। वर्षाका बेलामा सकेसम्म बैकल्पिक मार्गबाट जान पनि भनेको छ। सोमबार सो सडक १० घण्टा बन्द भएको थियो। दुई लेनको बनाउने काम सुरु भएसँगै सो सडक पहिरोको जोखिममा परेको छ।

इलाका प्रहरी कार्यालय मुग्लिनले ग१च ४९८९ नम्बरको अर्को कार पनि पहिरोको चपेटामा परेको जानकारी दिएको छ। कारमा सवार कसैलाइै केही नभएको र उनीहरुको विवरण लिने काम भइरहेको मुग्लिन प्रहरीले जानकारी दिएको छ। काठमाडौं र पोखरालाई पूर्व पश्चिम नेपालसँग जोड्ने मुख्य मार्गका रुपमा रहेको सो सडक खण्ड भएर दिनहुँ १० हजारका हाराहारीमा सवारी साधन ओहर दोहर गर्छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !