२ साउन , खोटाङ । बराहपोखरी गाउँपालिका २ सुन्तलेमा रहेको श्री ज्यू मा.वि लाई कम्प्युटर सहयोगको लागि केदार आले मगरको नेतृत्वमा अक्षयकोष स्थापना गर्नको लागि आर्थिक अभियान शुरु गरिएको छ ।
बागा २ का समाजसेवी चन्द्र कुमार राईवाट सोलार पावर सहयोगपछि प्रवासबाट कम्प्युटर सहयोगको लागि आलेको अध्यक्षतामा अभियान शुरु गरिएको विद्यालयका प्राध्यापक तुलसीप्रसाद पोखरेलले बताए ।
शिक्षा, स्वास्थ्य र यातायातको सुविधावाट वन्चित विद्यालय, आर्थिकस्तर कमजोरीका कारणले गर्दा कम्प्युटर शिक्षा पढ्नको लागि आर्थिक खर्च गरेर सहर जान परेको कारणले गर्दा विद्यालयमा नै उपलब्ध गर्ने उदेश्यका साथ कोष स्थापना गर्नको लागि अभियान शुरु गरिएको अध्यक्ष आलेले बताए ।
विगत लामो समयदेखि विभिन्न सामाजिक कार्यहरुमा लागिरहेका आलेले श्री प्रा.वि.सुन्तले विद्यालयको लागि पनि आफ्नै नेतृत्वमा प्रवासीको सहयोग माग्दै कम्प्युटर सहयोग गरिसकेका छन् ।
आफु जन्मिएको माटोलाई छोडेर अरुको देशमा रातदिन खटेर भएपनि कमाएको केहि रकमको सहयोगले समाजमा केहि सुधार आउछकी भन्ने भावना बोकेका आलेले विभिन्न ठाउँका संस्थाहरुलाई सहयोग गर्दै आएका छन् ।
बराहपोखरी गाउँपालिका २ खण्डपुरमा जन्मिएका आले केहि समयदेखि कुवेतमा कार्यरत छन् ।