१२ फाल्गुन २०८२, मंगलबार

खाद्यान्न र फलफूल बिक्री गर्ने फर्ममाथि विभागको अनुगमन


वाणिज्य विभाग

काठमाडौँ । निर्वाचनका समयमा बजारमा हुने गैरकानुनी क्रियाकलाप रोक्न र उपभोक्ताको अधिकारको संरक्षण गर्ने उद्देश्यका साथ वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एकैदिन २६ वटा फर्ममा अनुमगन गरेको छ ।

विशेषगरी खाद्यान्न तथा फलफूल व्यवसाय गर्ने फर्ममाथि अनुगमन गर्दै विभागले कानुनको पूर्ण परिपालना गर्न आग्रह गरेको छ । निर्वाचनको बहानामा खाद्यपदार्थ लुकाउने, कालोबजारी गर्ने, तोकिएकोभन्दा बढी मूल्य लिनेजस्ता समस्या देखिएको भन्दै गुनासो आएपछि विभागले थप सक्रिय भएको छ ।

विभागले सोमबार एकैपटक कुलेश्वर क्षेत्रमा अनुमगन गरेको हो । अनुमगनका क्रममा कैफियत भेटिएपछि रमेश फ्रुट टे«डर्सलाई व्यवसायसँग सम्बन्धित कागजात लिइ तीन दिनभित्र विभागमा उपस्थित हुन भनिएको छ ।

अन्य २५ वटा फर्मलाई भने सुधारात्मक निर्देशन दिइएको विभागले जनाएको छ । स्थानीय जनप्रतिनिधि, उपभोक्ता अधिकारकर्मी तथा सरोकारवालाको उपस्थितिमा विभागले अनुमगन गर्दै आएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !