११ फाल्गुन २०८२, सोमबार

टिकटकर तुलसा अधिकारीविरुद्ध ठगी र सम्पत्ति शुद्धीकरणको मुद्दा


तुलसा अधिकारी

काठमाडौं । चर्चित टिकटकर तथा आभूषण व्यवसायी तुलसा अधिकारीविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । ठगी प्रकरणमा मुछिएकी भनेर आरोप लागेकी अधिकारीविरुद्ध ब्ल्याकमेलिङ गरेर करोडौँ ठगेको भन्दै जाहेरी परेपछि उनीविरुद्ध पक्राउ पुर्जीसमेत जारी भएको हो ।

सातदोबाटोस्थित ‘हाम्रो अटोमोबाइल्स’ का सञ्चालक कुमार चिमोरियाले तुलसामाथि सातदोबाटो प्रहरी वृत्तमा जाहेरी दिएका हुन् । हात साउन २४ गते परेको जाहेरीमाथिको अनुसन्धान लगभग अन्तिम चरणमा पुगेको प्रहरीले जनाएको छ ।

पक्राउ पुर्जी जारी भएपछि तुलसा भागेर चीन पुगेको सातदोबाटो प्रहरीको भनाइ छ । प्रहरी स्रोतका अनुसार तुलसाले आफूलाई ब्ल्याकमेलिङ गरेर साढे ४ करोड रुपैयाँ र ठूलो परिमाणमा ज्वैलरीसमेत लिएको चिमोरियाले आरोप लगाएका छन् ।

आपसी सम्बन्ध बिग्रिएपछि जबरजस्ती करणीमा फसाइदिने भनेर धम्क्याउँदै पटक पटक पैसा र गरगहना लिएको अनुसन्धानबाट देखिएको प्रहरी स्रोतले बताएको छ । तुलसामाथि सम्पत्ति शुद्धीकरण विभागमा पनि उजुरी परेको थियो ।

विभागले उक्त उजुरी पनि सातदोबाटो प्रहरीलाई फरवार्ड गरेपछि यसमा पनि अनुसन्धान सुरु भएको छ । अनुसन्धानबाट तुलसासँग अवैध सम्पत्ति रहेको आधारहरू देखिएको प्रहरीको दाबी छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !