११ फाल्गुन २०८२, सोमबार

उदयपुरमा बस दुर्घटना : १५ जना घाइते


उदयपुरमा बस दुर्घटना

उदयपुर । उदयपुरको उदयपुरगढी गाउँपालिका–७ अँधेरी जोगी टोलमा सोमबार बस दुर्घटना भएको छ । कटारीबाट गाईघाट तर्फ आउदै गरेको बा २ ख ६२५७ नं.को ओखलढुङ्गे बस बिहान करिब ११ः५० बजे ब्रेक फेल भई सडकबाट अन्दाजी ४० फिट तल खसेर दुर्घटना हुँदा १५ जना घाइते भएका छ्न् ।

केहीको अवस्था गम्भीर छ । उदयपुरगदी-७, अँधेरी, जोगीटोलस्थित मदनभण्डारी लोकमार्गमा ब्रेक फेल भएर बस दुर्घटना भएको हो । दुर्घटनापछि सशस्त्र प्रहरी बल नं.५ गण उदयपुरबाट खटिएको क्युआरटी टोलीले घाइतेहरुको उद्दार गरेर अस्पताल पठाएको छ ।

घाइतेहरूको उदयपुर अस्पतालमा उपचार भइरहेको सशस्त्र प्रहरीले जनाएको छ । प्रहरीले बसका चालक ४५ वर्षीय विक्रम राईलाई नियन्त्रणमा लिएको छ ।

घाइतेहरूको नाम र वतन यसप्रकार छ:

उदयपुर त्रिनपा ११ बस्ने वर्ष २२ की मणिका मगर समान्य ।

उदयपुर कटारी नपा ४ बस्ने वर्ष ३५ की अनिता चौधरीको टाउको, शरीरको विभिन्न भागमा चोट ।

उदयपुर उदयपुरगदी गापा ७ बस्ने वर्ष ७३ की सोममाया मगर टाउकोमा चोट गम्भीर घाइते

उदयपुर ताप्ली गापा ५ बस्ने वर्ष ४० को प्रकाश भुजेल शरिरको विभिन्न भागमा चोट ।

उदयपुर त्रिनपा ७ चुहाडे बस्ने वर्ष २१ की रेशिका बस्नेत शरीरको विभिन्न भागमा चोट सामान्य ।

उदयपुर रौतामाई गापा ७ बस्ने वर्ष १७ को तिलक बस्नेत समान्य ।

उदयपुर उदयपुरगदी गापा टाडे बस्ने वर्ष १० को दिपेश तामाङ सामान्य ।

उदयपुर कटारी नपा ४ बस्ने वर्ष १९ की पवित्रा श्रेष्ठ सामान्य

उदयपुर त्रियुगा नपा ५ बस्ने वर्ष २० की रेश्मा बस्नेत सामान्य

उदयपुर कटारी नपा २ गोलपार्क बस्ने वर्ष ६० कि सोममाया परियार गम्भिर घाइते ।

उदयपुर कटारी नपा ३ बस्नेत वर्ष २७ को नितेश बुढाथोकी सामान्य (सहचालक)

उदयपुर कटारी नपा ५ बस्ने वर्ष ७८ को दलबहादुर तामाङ शरीरको विभिन्न भागमा चोट

उदयपुर कटारी नपा ४ बस्नेत वर्ष १५ को प्रेम तामाङ सामान्य

उदयपुर ताप्ली गापा ५ रुपाटार बस्नेत वर्ष २८ को सुवास नेपाली सामान्य

उदयपुर कटारी नपा ४ बस्ने वर्ष १५ को सुजन तामाङ सामान्य ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !