१ फाल्गुन २०८२, शुक्रबार

ट्याक्टर दुर्घटनामा किशोरको मृत्यु


चितवनमा ट्र्याक्टर दुर्घटना फाइल फोटो

सुरुङ्गा । अर्जुनधारामा आज भएको ट्याक्टर दुर्घटनामा परी एक जना किशोरको मृत्युभएको छ ।

अर्जुनधारा नगरपालिका–७, बिरिङ खोलामा ट्याक्टर दुर्घटनामा परेर सोही स्थानका १६ वर्षीय सरोज श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले राससलाई जानकारी दिए ।

बालुवा बोकेको प्र १–०१–००१ त ९०१० नम्बरको ट्याक्टरको ढालामा उनी बसेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !