५ फाल्गुन २०८२, मंगलबार

पूर्वराजा ज्ञानेन्द्र गरे विराटनगरको काली मन्दिरमा पूजाअर्चना


पूर्वराजा ज्ञानेन्द्र गरे विराटनगरको काली मन्दिरमा पूजाअर्चना

विराटनगर । पूर्वराजा ज्ञानेन्द्र शाहले मोरङको विराटनगरस्थित प्रसिद्ध काली मन्दिरमा पुगेर पूजा अर्चना गरेका छन् । केही दिनदेखि झापाको दमकमा रहँदै आएका शाह शनिबार बिहानै विराटनगर पुगेर मन्दिरको दर्शन गरेका हुन् ।

पूर्वराजा शाह मन्दिर पुग्दा काली मन्दिर व्यवस्थापन समितिकी अध्यक्ष मीनाक्षी नेपाल लगायतका पदाधिकारीहरूले उनलाई स्वागत गरेका थिए । मन्दिर परिसरमा पूर्वराजाको दर्शनका लागि समर्थक र सर्वसाधारणको ठुलो भिड लागेको थियो ।

मन्दिर प्रवेश गरेपछि पूर्वराजा शाहले विधिपूर्वक पूजा अर्चना गरेका थिए । पुरोहितहरूले स्वस्तिवाचन र मन्त्रोच्चारणका साथ उनलाई पूजामा सहभागी गराएका थिए । करिब आधा घण्टासम्म मन्दिरमा बिताएका शाहले आरतीमा समेत सहभागी भएर टीका र प्रसाद ग्रहण गरेका थिए ।

मन्दिरको दर्शन र पूजाका लागि दमकबाट विशेष सवारीमा विराटनगर आएका उनी दर्शन पश्चात् पुनः दमकतर्फ नै फर्किएका छन् । अहिले देशमा राजाको चर्चा-परिचर्चा बढेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !