४ फाल्गुन २०८२, सोमबार

बुद्ध एयरको विमान भद्रपुर विमानस्थलको रन-वेबाट चिप्लिएर खस्यो खोल्सामा


बुद्ध एयरको विमान भद्रपुर विमानस्थलको रन-वेबाट चिप्लिएर खस्यो खोल्सामा

भद्रपुर । झापाको भद्रपुर विमानस्थलमा हिजो शुक्रबार साँझ करिब ९ बजे बुद्ध एयरको जहाज रनवे कटेर करिब २०० मिटर पर खोल्सामा पुगेको छ । अवतरण गर्ने क्रममा जहाज चालकको नियन्त्रणबाहिर गएपछि यो घटना भएको हो।

अवतरणका बेला जहाज रनवेको सुरुको छेउमा ल्यान्ड हुनुपर्नेमा बीच भागमा टचडाउन हुँदा रनवे अपुग भएकै कारण जहाज रोकिन नसकी रनवे कटेर अगाडि बढेको चालक दलले विमानस्थल कर्मचारीलाई जानकारी दिए।

एन–एमएफ कलसाइन भएको एटीआर–७२ जहाजमा ४ जना क्रुमेम्बर र ५१ जना यात्रुसहित ५५ जना रहेका थिए । जहाज रनवेबाट करिब २ सय मिटर अगाडि घाँसे मैदान हुँदै खोल्सीमा पुगेको झापाका प्रहरी प्रमुख एसपी राजन लिम्बुले बताए। उनका अनुसार सबै यात्रुको सकुशल उद्धार भइसकेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !