२६ पुस २०८१, शुक्रबार

कर्णाली पर्यटन पत्रकार महासंघमा सिंह


Karnali Tourism Journalist

३२ असार, सुर्खेत ।  कर्णाली प्रदेशस्तरीय नेपाल पर्यटन पत्रकार महासंघको अध्यक्षमा अशोककुमार सिंह सर्वसम्मत चयन हुनुभएको छ ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आइतबार सम्पन्न महासंघको पहिलो अधिवेशनले सिंहको अध्यक्षतामा १३ सदस्यीय महासंघ गठन गरेको हो । महासंघको वरिष्ठ उपाध्यक्षमा दैलेखका गोविन्द भारती, महिला उपाध्यक्षमा जुम्लाका दिलमाया शाही, महासचिवमा जुम्लाकै शुरबहादुर सिंह चयन हुनुभएको छ ।

त्यस्तै, खुला सचिवमा जाजरकोटका सुरेन्द्र सिंह, महिला सचिवमा सल्यानका मीना बुढाथोकी र कोषाध्यक्षमा सुर्खेतका सविता जिसी चयन हुनुभएको महासचिव सिंहले जानकारी दिनुभयो । बाँकी सदस्यमा खुलातर्फ डोल्पाका सरोज थापा र हुम्लाका नरजंग तामाङ, महिला सदस्यद्वय जुम्लाका सरिता पराजुली र दैलेखका ज्योति कटुवाल, दलित सदस्यमा कालीकोटका रमेश सुनार र जनजाति सदस्यमा सुर्खेतका प्रभाषकुमार शाक्य चयन हुनुभएको जनाइएको छ ।

विधागत पत्रकारिताबाट कर्णाली प्रदेशको पर्यटन प्रवद्र्धन, र विकास गर्ने मुख्य उद्देश्यका साथ प्रदेशस्तरीय पर्यटन पत्रकार महासंघको गठन गरिएको अध्यक्ष सिंहले बताउनुभयो । उहाँका अनुसार यहाँको सांस्कृतिक, धार्मिक, पुरातात्विक र पर्यापर्यटनको विकास तथा प्रवद्र्धनमा महासंघ प्रदेश सरकारको सहयोगी भएर पर्यटनसम्बन्धी विभिन्न गतिविधि संस्थागत रुपमा अघि बढाउनेछ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !