२ फाल्गुन २०८२, शनिबार

३ दिनभित्र जेनजी शहीदको नाम सीडीओ कार्यालयमा राख्न गृहको सर्कुलर


गृह मन्त्रालय

काठमाडौं । गृह मन्त्रालयले ३ दिनभित्र जेनजी शहीदको नाम जिल्ला प्रशाशन (सीडीओ) कार्यालयमा राख्न सर्कुलर गरेको छ । गृहले गत भदौ २३ र २४ गतेमा भएको जेनजी आन्दोलनमा मृत्यु भएकामध्ये शहीदको सूचीमा परेका ४५ जनाको नाम जिल्ला प्रशासन कार्यालयमा राख्न पत्राचार गरेको हो ।

गृह मन्त्रालयले एक सूचना जारी गर्दै सबै जिल्ला प्रशासन कार्यालयहरुलाई सर्कुलर गर्दै आन्दोलनमा मारिएका ४५ जनाको नामावली राख्न निर्देशन दिएको हो। उनीहरूलाई जेनजी सुशासन योद्धा भन्दै प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा ती नामहरु ३ दिनभित्र राख्न भन्दै पत्राचार गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !