४ फाल्गुन २०८२, सोमबार

पोखरामा बुद्ध एयरको विमानमा फेरि ठोक्कियो चरा


बुद्ध एयरको जहाज

काठमाडौँ । काठमाडौंबाट पोखराका लागि उडेको बुद्ध एयरको जहाजमा चरा ठोक्किएको छ । पोखरा विमानस्थलमा अवतरणका क्रममा आज जहाजसँग चरा ठोक्किएको हो ।

बुद्ध एयरले शनिबार काठमाडौंबाट पोखराका लागि उडेको जहाज अवतरणका क्रममा चरा ठोक्किएको पुष्टि गरेको छ । काठमाडौंबाट पोखरा उडान भरेको बुद्धको ९एन–एओसी पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा चरा ठोक्किएको थियो ।

उक्त जहाजका सबै यात्रु र चालक दल सुरक्षित रहेका छन् । जहाजलाई पोखरास्थित प्राविधिक टोलीले जाँच गरिरहेको बुद्ध एयरले जनाएको छ ।

चरा ठोक्किए पनि यात्रु र चालक दल सुरक्षित रूपमा अवतरण भएको बुद्ध एयरका कम्युनिकेसन म्यानेजर दीपेन्द्र कर्णले जानकारी दिए । उनका अनुसार, विमानको प्राविधिक परीक्षण जारी छ । दुई हप्ताअगाडि पनि पोखरामा बुद्धकै विमानमा चरा ठोक्किएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !