काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले दर्ज्यानी चिह्न लगाएका छन् । आज बिहीबार गृह मन्त्रालयमा आयोजित कार्यक्रममा सचिव रामेश्वर दंगालले कार्कीलाई प्रहरी महानिरीक्षकको दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।
कार्कीलाई सरकारले सोमबार ३३औँ आईजीपीमा नियुक्त गरेको थियो । ३२औँ आईजीपी चन्द्रकुबेर खापुङ प्रहरीको ३० वर्षे सेवा अवधिका कारण अवकाश पाएपछि कार्कीलाई उक्त पदमा नियुक्त गरिएको हो ।












