काठमाडौं । स्वर्णलक्ष्मी सहकारी ठगीका एक आरोपी पक्राउ परेका छन् । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम अपचलनमा संलग्न ज्ञान बहादुर बम्जनलाई प्रहरीले पक्राउ गरेको हो ।
सिन्धुलीको दुधौली नगरपालिका–७ घर भएका ५४ वर्षीय बम्जन जेनजी प्रदर्शनको क्रममा भदौ २४ मा उनी भद्रकालीस्थित जिल्ला प्रहरी परिसरको हिरासतबाट भागेका थिए । बम्जनलाई काठमाडौँ महानगरपालिका–२६ स्थित ठमेलबाट पक्राउ गरिएको हो ।
स्वर्णलक्ष्मीको रकम अपचलनमा संलग्न अराेपमा पक्राउ गरेर प्रहरीले उनलाई म्याद थप गरेर अनुसन्धान गरिरहेको थियो । जेनजी प्रदर्शनको मौका छोपेर उनी भागेका थिए । बम्जन सूर्यदर्शन सहकारीका संस्थापक अध्यक्ष गीतेन्द्रबाबु (जीबी) राईका जेठान हुन् ।












