काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य सरकारको निर्णयविरुद्ध सर्वोच्च पुगेका छन् । विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक शाक्य उत्प्रेषणको आदेश माग गर्दै सर्वोच्च अदालत गएका हुन् ।
आज सोमबार शाक्यले अदालतमा रिट दायर गरेका हुन् । शाक्यलाई अघिल्लो सरकारले चार वर्षका लागि नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । जेनजी आन्दोलनपछि बनेको नयाँ सरकारका ऊर्जामन्त्री कुलमान घिसिङले शाक्यलाई सरुवा गरेका थिए ।
मन्त्रिपरिषद् बैठकले उनलाई नेपाल विद्युत् प्राधिकरणबाट हटाउँदै जल तथा ऊर्जा आयोगको सचिवालयमा विशेष पद सिर्जना गर्दै सरुवा गरेको थियो । शाक्यले आफ्नो पद प्राधिकरणमै कायम हुनुपर्ने माग गर्दै सर्वोच्च गएका हुन् ।












