ललितपुर । सुत्केरीको मृत्युपछि ललितपुरको इमाडोलस्थित किष्ट अस्पतालमा झडप भएको छ । चिकित्सकको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै मृतकका आफन्तले अस्पताल परिसरमा प्रदर्शन गरेपछि अवस्था तनावग्रस्त बनेर अस्पतालभित्रै अश्रुग्यास हान्नुको साथै लाठीचार्ज समेत गरेको छ ।
कात्तिक ८ गते सुत्केरी गराउन अस्पताल भर्ना गरिएकी मिना राईको मृत्यु भएपछि प्रदर्शनका क्रममा मृतकका आफन्तले अस्पतालको गेट तोडेर प्रदर्शन गर्न थालेपछि प्रहरीले लाठीचार्ज र अश्रुग्यास प्रहार गरेपछि किष्ट अस्पताल रणभूमि बनेको हो ।
प्रदर्शनका क्रममा आक्रोशित भिडले अस्पतालमा ढुंगामुढासमेत गरेको छ । प्रदर्शनकारीहरूले मिना राईलाई न्याय दिनुपर्ने र दोषीलाई कारबाही गर्नुपर्ने माग गरेका छन् ।













